सर्वोत्तम सिमेन्टको नाफा भारी वृद्दि, अन्य सूचक कस्ता ?

काठमाडौं,१ जेष्ठ । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आ.व.को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भारी वेृद्दि गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९९.३३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि उल्लेख्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ११५.२१ प्रतिशत बढेर ९ अर्ब ८१ करोड १४ लाख रुपैयाँ पुगेको छ । त्यस्तैगरि, कम्पनीको कुल नाफा समीक्षा अवधिमा १११.९७ प्रतिशत बढेको छ भने अन्य आम्दानी ३०५.०६ प्रतिशत बढेको छ । समीक्षा अवधिमा कम्पनीको खर्च ३०.०९ प्रतिशत बढेको हो ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १२ रुपैयाँ ७० पैसा बढेर १६ रुपैयाँ १६ पैसा पुगेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.८५ गुणा रहेको छ ।

४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्