स्वावलम्बन लघुवित्तले खुद नाफामा सामान्य वृद्दि, अन्य सुचक कस्ता ?

काठमाडौं,३१ वैशाख । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा  १२ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १.३४ प्रतिशत धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले ११ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी पनि २२.६१ प्रतिशतले बढेर १ अर्ब २५ करोड पुगेको छ । गत वर्ष यसले १ अर्ब २ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको सञ्चालन नाफा भने १०.२९ प्रतिशतले बढेर १५ करोड १६ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले १६ करोड ९० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी १ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको यस संस्थाको १ अर्ब ७४ करोड रुपैयाँ जगेडा कोषमा छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.७४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २१२.६८ रुपैयाँ छ । यसको एनपीएल ९.८९ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्