पोखरामा बस दुर्घटना, चालक सहित २२ यात्रु घाइते
काठमाडौं,३१ वैशाख । पोखरा महानगरपालिका–२२, विश्व शान्ति स्तूपा नजिकै नगरबस दुर्घटना भएको छ ।
सो दुर्घटनामा २२ जना घाइते भएका छन् र उनीहरूलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ । बसमा २६ जना यात्रु रहेको प्रारम्भिक जानकारी दिइएको छ भने थप विवरणहरू आउन बाँकी छ ।
पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटना भएको हो । बस छोरेपाटन बजार भन्दा केही माथि नगर बस घुम्दीबाट खसेको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालयले दिएको छ । दुर्घटना बारे थप विवरण भने आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्