विजय लघुवित्तको खुद नाफा बढायो, अन्य सूचकहरु कस्ता ?
काठमाडौं, ३१ बैशाख । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १३५.३९ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा नाफामा सुधार देखिएको हो । यसले चैतसम्म ४४ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ५३.४९ प्रतिशतले धेरै हो । गत वर्ष विजयले २८ करोड ६७ लाख रुपैयाँ उक्त आम्दानी गरेको थियो ।
लघुवित्तको सञ्चालन नाफा १००.८४ प्रतिशतले बढेर ११ करोड ८२ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले ५ करोड ८८ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
हाल यस संस्थाको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा ४९ करोड ६१ लाख रुपैयाँ जम्मा छ । यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर पनि बढेर आम्दानी १३.९७ रुपैयाँ वार्षिक रहेको छ । प्रतिसेयर नेटवर्थ भने १५९.६४ रुपैयाँ रहेको छ । कम्पनीको एनपीएल भने ८.११ प्रतिशत विन्दुबाट बढेर ९.५३ प्रतिशत विन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्