तारागाउँ रिजेन्सीको नाफामा सामान्य वृद्दि

काठमाडौ,३१ वैशाख । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालु आ.व.को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार होटलको नाफा सामान्य बढेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म होटलले ३३ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १.२८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा होटलले ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । होटलको सञ्चालन आम्दानी बढ्दा नाफामा सुधार भएको हो ।

होटलले समीक्षा अवधिमा एक अर्ब ८ करोड २९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । होटलको सञ्चालन आम्दानी ७.२५ प्रतिशतले बढी हो । गत वर्ष होटलले एक अर्ब सञ्चालन अम्दानी गरेको थियो ।

एक अर्ब ९६ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको होटलको जगेडा कोषमा एक अर्ब तीन करोड रुपैयाँ सञ्चित छ । यस अवधिसम्ममा होटलको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २० पैसा छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ५९ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्