सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा घट्यो, व्यापारमा भने सामान्य सुधार
काठमाडौं,३१ वैशाख । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५९ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा २४.०३ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६८ करोड ४८ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १९ करोड ८६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड ८२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १० करोड ४ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा ७ अर्ब ४७ करोड २२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म बीमा कोषमा ४ अर्ब ९५ करोड ७९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ५०।७१ प्रतिशतले बढेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ६७ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ६० करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २.६७ प्रतिशतले बढेको छ ।
कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ३७ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ३२ करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ३.१४ प्रतिशतले बढेको छ ।
शेयरपुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २१.५५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस २८.३७ रुपैयाँ थियो । पीई रेसियो ३८.८७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २६३.७२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्