चट्याङसहित वर्षा, एक/दुई स्थानमा हिमपातसहित वर्षा

काठमाडौं, ३१ बैशाख । आज नेपालमा स्थानीइ वायु र पश्चिमी वायुको चापका कारण कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली हुने सम्भावना रहेको छ ।

आज देशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा, थोरै ठाउँमा चट्याङसहित वर्षा, एकरदुई ठाउँमा हिमपातसहित वर्षा र केही ठाउँमा हावाहुरीको सम्भावना पनि रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार ती प्रदेशका एकरदुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च-पहाडी तथा हिमाली भू(भागका ‍एक/दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग् सहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च(पहाडी तथा हिमाली भू-भागका ‍एक/दुई स्थानमा हिमपातसहित हल्का वर्षाको सम्भावना हरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबै किसिमको क्षतीबाट बच्नका लागि सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्