नबिल बैंकको बौद्ध शाखामा प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु

काठमाडौं, ३० बैशाख । बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक समारोहबीच लाउञ्जको उद्घाटन गरेका हुन् । नबिल बैंकले उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने उद्देश्यसहित लाउञ्ज सञ्चालनमा ल्याएको जनाएको छ ।

यसअघि बैंकले तीनधारा, ललितपुर, महाराजगञ्ज र कौशलटार शाखाबाट प्रायोरिटी बैंकिङ सेवा उपलब्ध गराउँदै आएको थियो ।

लाउञ्ज उद्घाटन कार्यक्रममा बोल्दै डेपुटी सिइओ पाण्डेले भने, नबिल बैंकले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ प्रायोरिटी बैंकिङ सेवा विस्तार गर्दै आएको छ । हामी कारोबारमा मात्र होइन, दीर्घकालीन सम्बन्ध निर्माणमा विश्वास गर्छौं ।

नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकहरूले व्यक्तिगत रिलेसनसिप म्यानेजरमार्फत सेवा लिन सक्ने, बैंकिङ लाउञ्जको सुविधा प्रयोग गर्न सक्ने, छिटो र छरितो सेवा पाउने, साथै वित्तीय सल्लाह र लगानीसम्बन्धी परामर्श लिन सक्ने बैंकले जानकारी दिएको छ ।

प्रायोरिटी सेवा सम्बन्धी थप जानकारीको लागि नबिलको वेबसाइट वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।

२६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गरिरहेको नबिल बैंकले २४ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा दिँदै आएको छ । नेपाली बैंकिङ क्षेत्रको अग्रणी संस्था नबिलले देशको समग्र विकासमा योगदान पुर्‍याउने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्