सुन प्रतितोला दुई हजार रुपैयाँले ओरालो

काठमाडौं, ३० बैशाख । आज (मंगलबार,)नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो चार दिनदेखि सुनको मूल्य निरन्तर ओरालो लागेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी सघंले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्