प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुबै सदनको बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल

काठमाडौं, ३० बैशाख । संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुबै सदनको बैठक बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ ।

प्रतिनिध सभा बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभा बेठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ९कर प्रस्ताव बाहेक० सभामा छलफल प्रारम्भ हुने कार्यसूची तय भएको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।

सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधिनिक व्यवस्था रहेको छ । त्यसकै तयारीमा सरकार लागेको छ ।

प्रतिक्रिया दिनुहोस्