वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार होः प्रचण्ड
काठमाडौं, २९ बैशाख। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार भएको बताएका छन् ।
सोमबार वीरेन्द्रनगरमा आयोजित वाइसिएल नेपाल कर्णाली प्रदेश सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, प्रचण्डको शेरा दरबारमा छ भने फाइल खोल भनेको थिएँ,’ ‘तर उनीहरुले हिम्मत गरेनन् । किनकी मेरो केही थिएन । हामीले सुशासन, न्याय र समानताको कुरा गरेका छौँ ।’
समाजवादको आधार तय गर्नका लागि नै भ्रष्टाचार विरुद्धको लडाइँ सुरु गरेको विषय अहिले सरकारमा भएकाहरूलाई मन नगरेका कारण आफू बाहिरिनु परेको समेत उनले बताए ।
साथै उनले कर्णालीको विकासका लागि आफू प्रधानमन्त्री भएको समयमा चिन भ्रमणमा हिल्साको विकासका लागि सम्झौता गरेको उल्लेख गरे । मैले नीति तथा कार्यक्रममा कर्णालीका लागि ल्याएका विशेष कार्यक्रम अहिलेको सरकारले हटाएको छ,’ उनले भने,‘ यो सरकारले फेरि कर्णालीमाथि विभेद गर्दै छ । कर्णालीलाई पछाडि पार्ने प्रयास गरिँदै छ ।















प्रतिक्रिया दिनुहोस्