साना किसान लघुवित्तको नाफामा सामान्य वृद्दि, अन्य सूचक कस्ता ?

काठमाडौं,२९ वैशाख । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रमाससम्ममा ५४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलना १.९६ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा ५३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको थियो ।

खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफामा अपेक्षित सुधार नहुँदा लघुवित्तको नाफा सन्तोषजनक नभएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी एक अर्ब ३९ करोड ३४ लाख रुपैयाँ छ । लघुवित्तको यो आम्दानी ११.२६ प्रतिशतले घटेको हो । साथै लघुवित्तको सञ्चालन मुनाफा ७९ करोड १७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा एक अर्ब ५६ करोड रुपैयाँ छ ।

लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८५ पैसा छ भने प्रतिशेयर नेटवर्थ भने २३१.७१ रुपैयाँ छ ।

४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको जगेडा कोषमा ४ अर्ब १० करोड रुपैयाँ छ । समीक्षा अवधिसम्ममा लघुवित्तले दुई अर्ब ८८ करोड ८८ लाख रुपैयाँ निक्षेप र २० अर्ब ५९ करोड सापटीबाट ३२ अर्ब ४९ करोड ४२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्