जाजरकोटको कारागारभित्रै मृत भेटिए थुनुवा

काठमाडौं,२८ वैशाख । जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

जाजरकोटको भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा आज बिहान कारागारभित्रै मृत अवस्थामा फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए ।

कारागारभित्रै झुण्डिएको अवस्थामा उनी भेटिनुभएको र घटनाबारे थप अनुसन्धानको कार्य भइरहेको छ ।

शर्माका अनुसार, मृत भटिएका थुनुवा जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्