एनएलजी इन्स्योरेन्सको तेह्र बर्षमा सबै भन्दा कम लाभांश घोषणा
काठमाडौं,२८ वैशाख । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आ.व. २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले वितरण गर्न लागेको यो लाभांस दर तेह्र वर्षमै सबै भन्दा कम दर हो । कम्पनी २०७४/७५ मा भने कुनै लाभांस वितरण गरेको थिएन ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशत अर्थात ६ करोड २५ लाख ६६ हजार ४४८ का दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको सञ्चालक समितिको बैशाख २६ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्