मोलुङ्ग हाइड्रोपावरको नाफामा ४५ प्रतिशतले वृद्दि
काठमाडौं,२८ वैशाख । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड १ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४५.४६ प्रतिशत धेरै हो । गत वर्ष यसले २ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १३ करोड ४१ लाखबाट घटेर १२ करोड ७९ लाख कायम भएको छ । यता, वित्तीय खर्च ५ करोड २० लाखबाट घटेर ३ करोड ६५ लाख कायम भएको छ । उक्त खर्च घट्दा नाफामा सुधार देखिएको हो ।
८० करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको मोलुङ्ग हाइड्रोपावरको रिटेन्ड अर्निङ १५ करोड ७० लाख रुपैयाँले ऋणात्मक छ । इपीएस ३.७६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ८०.४३ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्