एचआईडिसिएलको नाफासंगै घट्यो प्रतिशेयर आम्दानी

काठमाडौं, २८ वैशाख । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले चालु आ.व. को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ७२ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.१५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ९ रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको आम्दानी २८.५३ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ३३.१३ प्रतिशत घटेको छ। त्यसतै, कम्पनीको लाभांश आम्दानी ५०.१३ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४३ पैसा घटेर ३ रुपैयाँ ९६ पैसामा सीमित भएको छ । तेस्रो त्रैयमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपेयाँ ७८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७२.८२ गुणा रहेको छ ।

२४ अर्ब ५५ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ६२ करोड ९० लाख रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्