नेसनल लाइफ इन्स्योरेन्सको बढ्यो नाफासंगै प्रतिसेयर आम्दानी

काठमाडौं,२८ वैशाख । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आ.व.को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म ४० करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३८ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५.२० प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको शेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६१ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८५ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटीमा ४० करोड ७० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ५६ करोड ९७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ र अन्य इक्विटीमा ३९ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा ६६ अर्ब ६५ करोड ५८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ६१ अर्ब १५ करोड ६८ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ८.९९ प्रतिशतले बढेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीले १४ अर्ब २६ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १२ अर्ब ९० करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १०.५९ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म १४ अर्ब ७ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १२ अर्ब ६२ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीले खुद बीमाशुल्कमा ११.५४ प्रतिशतले बढेको छ ।

शेयरपुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर १०.४९ रुपैयाँ कायम भएको छ । कम्पनीले अघिल्लो वर्ष ईपीएस १०.३३ रुपैयाँ थियो । पीई रेसियो ५९.५६ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३६.४७ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्