छिमेक लघुवित्तको खराब कर्जा घटेसंगै, बढ्योे ३२.५९ प्रतिशत खुद नाफा
काठमाडौं,२८ वैशाख । छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३२.५९ प्रतिशतले बढेर चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८५ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने ६४ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी ०.३७ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेको हो।
संस्था खराब कर्जा ३.०४ प्रतिशतबाट घटेर २.६० प्रतिशतमा आएको छ भने इम्पेयरमेन्ट चार्जमा पनि कमी आएको छ । जसका कारण छिमेकको नाफामा सुधार भएको देखिन्छ । यसको कर्जा लगानी पनि ११.२० प्रतिशतले बढेर ३९ अर्ब २८ करोड रुपैयाँ बढी पुगेको छ । चुक्ता पुँजी ३ अर्ब २१ करोड र रिजर्भ कोषमा २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ ।
खुद नाफा बढेपछि प्रतिसेयर आम्दानीमा पनि ६.५६ रुपैयाँले बढेको छ । गत वर्ष २८.८३ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले बढेर ३५.३९ रुपैयाँ पुगेको हो । त्यस्तै, संस्थाको प्रतिसेयर नेटवर्थ २४७.१४ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्