नागरिक लगानी कोषको खुद नाफा बढ्यो,अन्य सूचक कस्ता ?

काठमाडौं,२८ वैशाख । नागरिक लगानी कोषले चालु आ.व. को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

चालु आ.व.को तेस्रो त्रैमाससम्ममा कम्पनीले ८९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ३२.०३ प्रतिशत घटेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १५.०६ प्रतिशत बढेको छ । कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ८.२३ प्रतिशत र कुल खर्च ३९.३६ प्रतिशत बढेको छ ।

नाफा बढेपनि कम्पनीको ईपीएस भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको ईपीएस ३ रुपैयाँ ६५ पैसा घटेर १८ रुपैयाँ ४९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०५.१४ गुणा रहेको छ।

कोषको हाल ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । त्यस्तै, जगेडा कोषमा ३ खर्ब ७२ करोड रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्