संसद्मा आज वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने
काठमाडौं, २८ बैशाख। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेको लागि बोलाइएको बैठकमा सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने कार्यसूचि तयभएको छ ।
राष्ट्रपतिले वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रमलाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
आजैको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएसँगै नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको छ । आजको बैठक रकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने कार्यसूचि भएको संवेदनशिल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्