आइपिएलमा सनसनी मच्चाएर फर्किएका स्पिनर सन्दिप लामिछानेले पाउनेभए कार उपहार

काठमाडौ । दिल्ली डेयरडेभिल्सको अन्तिम तिन खेलबाट सनसनी मच्चाएर मंगलबार आफ्नो भुमी नेपाल फर्किएका युवा क्रिकेटर सन्दिप लामिछानेले कार पाउने भएका छन् । सन्दिपले टाटा मोटर्सको टिगोर कार पाउने भएका छन् । टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रडिङ् प्रालिले आगामी तीन बर्षको लागि ब्राण्ड एम्बेसडर बनाएको घोषणा गरेर कार उपहार दिने र कारको सबै मुल्य कम्पनीलेनै ब्यहोर्ने भएको छ । आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी सन्दिप दिल्ली डेयरडेभिल्सको टिममा आवद्ध थिए । प्राय सबै खेलमा बेञ्चमानै सिमित तथा महंगो दर्शक भएर बसेका सन्दिप अन्तिम तिरको तिन खेलमा मात्र मौका पाएर उनले सन्सनी मच्चाएका थिए । अन्तिम खेलमा मुम्बइ इण्डियन्स विरुद्ध तिन विकेट लिएका थिए । उनले “स्टाइलिस प्लेयर” अवार्डपनि थापेका थिए ।

प्रतिक्रिया दिनुहोस्