काठमाडौंमा राजावादीको विशाल मोटरसाइकल र्‍याली

काठमाडौ, २६ बैशाख । राजतन्त्र पुनःस्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलन घोषणा गरेका राजावादी शक्तिहरूले आज मोटरसाइकल र्‍याली निकालेका छन् ।

काठमाडौंको सुकेधारादेखि बल्खुसम्म निकालिएको र्‍यालीमा राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेता पुगेका थिए ।

मोटरसाइकल र्‍यालीमा सहभागीहरूले राष्ट्रिय झण्डा, हिन्दूत्व झल्कने झण्डाहरू बोकेका थिए । समितिले विहीबार आउँदो जेठ १५ गतेबाट जनआन्दोलन सुरू गर्ने तथा राजसंस्था र हिन्दू राष्ट्र स्थापन नभएसम्म नटुंगिने उद्घोष गरेको छ ।

यो आन्दोलनमा राप्रपा र राप्रपा नेपालसहित अन्य राजावादी शक्तिहरू पनि सामेल रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्