एमालेसँगको सहमतिमा चाँडै गभर्नर नियुक्ति हुन्छः सभापति देउवा
काठमाडौ, २६ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर सत्ता साझेदार दल नेकपा एमालेसँगको सहमतिमा चाँडै नियुक्ति हुने बताएका छन् । शुक्रबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा पार्टीको पदाधिकारी बैठकमा देउवाले गभर्नर नियुक्ति प्रधानमन्त्री वा २ दलबीचको द्वन्द्वका कारण नरोकिएको भन्दै सहमतिमा चाँडै नियुक्त हुने बताएका हुन् ।
बैठकमा उनले गुणाकर भट्टको राजीनामा स्वीकृत नहुँदा समस्या परेको बताएका थिए । बैठकमा नेताहरुले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न धेरै ढिला भएकोमा विषयमा चाँसो राखेपछि देउवाले यस्तो जवाफ दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्