माउन्टेन इनर्जी नेपाल लिमिटेडको नाफा ५० प्रतिशतले वृद्दि
काठमाडौं,२६ वैशाख । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आ.व.को तेस्रो त्रयमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार ४६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५०.४४ प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले ३० करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८७ करोड १ लाखबाट बढेर ९२ करोड २७ लाख रुपैयाँ पुगेको छ । यता, वित्तीय खर्च २० करोड ७८ लाखबाट घटेर १८ करोड १७ लाख रुपैयाँ कायम भएको छ । वुद्युत बिक्री आम्दानी बढेको छ भने वित्तीय खर्च घटेको छ । साथै, बिमा दाबीबाट ८ करोड ५६ लाख रुपैयाँ आय भएको छ ।
आम्दानी बढ्दा र खर्च कम हुँदा नाफामा सुधार देखिएको हो । २ अर्ब ६० करोड २७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १९ करोड ३९ लाख रुपैयाँ जम्मा छ । कम्पनीको प्रतिशेयर आम्दानी १७.८७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४५.८७ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्