प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो प्रतिशेयर आम्दानी भने घट्यो
काठमाडौं,२६ वैशाख । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आ.व. को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६७ प्रतिशत मात्र बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १७.८१ प्रतिशत बढेको छ भने कुल आम्दानी १६.५४ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी २१.३५ प्रतिशत र कुल खर्च १७.७२ प्रतिशत बढेको छ।
नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ७१ पैसा घटेर ७ रुपैयाँ ६४ पैसामा सीमित भएको छ । तेस्रो त्रयमासको अन्त्यसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७१.६९ गुणा रहेको छ ।
४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ती कोषमा १० करोड ४७ रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७९ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ५७ लाख रुपैयाँ सञ्चित छ ।
प्रतिक्रिया दिनुहोस्