पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौ, २६ बैशाख । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक मात्र प्रभाव छ ।

त्यसैले देशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अन्य स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले जानकारी दिए ।

‘मौसममा खासै डिस्टर्ब छैन,’ मौसमविद झाले भने, ‘प्रिमनसुन भएकाले बादल लाग्ने र पहाडी भूभागका एक दुई स्थानमा आइसोलेटेड रुपमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना मात्र छ ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

आज राति पनि मौसमको अवस्था यस्तै नै रहने पूर्वानुमान छ । मौसमबाट हुने दुर्घटना तथा नोक्शानीलाई कम गर्न सबैलाईै सर्तक रहन विभागले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्