अभियान लघुवित्तले २ करोड बढि खुद नाफा, प्रतिसेयर आम्दानी १२ रुपैयाँ

काठमाडौं,२५ वैशाख । अभियान लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा  २ करोड २५ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रकाशित विवरण अनुसार अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी २ करोड २३ लाख ३३ हजार रुपैयाँ घाटामा थियो । १ वर्षको अवधिमा यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा पनि बढेको हो ।

यसअवधिमा खुद ब्याज आम्दानी ८८.०७ प्रतिशतले बढेर ११ करोड ३ लाख ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ८६ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसअवधिमा ३ करोड १७ करोड २७ लाख रुपैयाँ सञ्चालन कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब २३ करोड ३३ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो ।

तेस्रो त्रयमासको अन्त्यसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ३ पैसा छ । चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको अभियान लघुवित्तको जगेडा कोषमा ९ करोड ९८ लाख ७० हजार रुपैयाँ छ ।

 

प्रतिक्रिया दिनुहोस्