तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
काठमाडौं, २५ बैशाख। काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् ।
सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिंदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी नुवाकोट घर भई ललितपुर बस्ने २३ वर्षीया नागिना तामाङको मृत्यु भएको छ ।
उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।
मोटरसाइकल चालक २७ वर्षीय पदम थापामगर, भ्यानका चालक शान्तिनगरका रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटना आज बिहान साढे ६ बजे भएको हो । उनका अनुसार बा३ख ७०६२ नम्बर बसले रोकिराखेका बा प्र ०१(०२६ च २९२७ नम्बरको भ्यान र बा.प्र. ०२(०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
बसका चालक इलामको सूर्योदय नगरपालिका(५ का ५९ वर्षीय रामकुमार खड्कालाई प्रहरल्ेि नियन्त्रणमा लिइएको गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्