रिलायन्स स्पिनिङ मिल्सको नाफामा उल्लेख्य वृद्धि, अन्य सूचक कस्ता ?

काठमाडौं,२४ वैशाख । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रकाशित विवरण यो गत वर्षको यसै अवधिको तुलनामा ११३२ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले २ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो । रिलायन्सले गत वर्षको साउनसम्म भने ५ करोड ३ लाख लाख रुपैयाँ नाफा कमाएको जनाएको छ । सञ्चालन आम्दानी बढ्दा नाफा सुधार देखिएको हो ।

गत वर्ष ७ अर्ब २१ लाख रुपैयाँ रहेको उक्त आम्दानी बढेर ७ अर्ब ३९ करोड १७ लाख पुगेको छ । अन्य आम्दानी ४ करोड २ लाख रुपैयाँ रहेको छ । वित्तीय खर्च ४७ करोड २६ लाखबाट घटेर ३४ करोड ४२ लाख रुपैयाँ कायम भएको छ । १ अर्ब ७० करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी (वार्षिक) २५.४९ रुपैयाँ छ ।

यस उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्की लगायत थुप्रै मुलुकमा निर्यात पनि गर्दै आएको छ ।

सुनसरीमा रिलायन्सको धागो कारखाना रहेको छ । यस उद्योगले ऊन ९उल० धागो, सूति ९कटन० धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ ।

यो कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने प्रक्रियमा रहेको छ । रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर निष्कासन ९आइपीओ० प्रक्रिया विवादमा परेपछि रोकिएको छ । कम्पनीले गत असार २७ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि सेयर निष्कासन गर्न खोज्दा वित्तीय विवरण फरक परेपछि विवादमा परेको थियो । सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेसंगै असार २६ गते बसेको बोर्ड सञ्चालक समिति बैठकले रिलायन्सको आइपीओ प्रक्रिया स्थगित गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्