मानुषी लघुवित्त वित्तीयको नाफासंगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं,२४ वैशाख । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा भने कम्पनी ७२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ३५.७१ प्रतिशत बढेर ७ करोड ७ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरि, इम्पेयरमेन्ट चार्ज पनि घटाएपछि मानुषीको नाफामा सकारात्मक प्रभाव परेको छ । सञ्चालन नाफा १ करोड ३३ लाख रुपैयाँ रहेको छ ।
संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ४ करोड ७९ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २.६ रुपैयाँले बढेर ११.३८ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ भने १५२.३४ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्