लामो समयपछि नेप्सेमा उत्साहजनक वृद्धि, कारोवार पनि राम्रो, बजार बिस्तार हुने संकेत

काठमाडौं, २४ बैशाख। दुई महिना पछि नेप्से उत्साहित भएर बढेको छ । निरन्तर साईडवयजमा रहेको नेप्से सूचक राम्रो अंकले बढेको हो ।

आज नेप्से परिसूचक ६२।२५ अंकले बढेर २६७३।६९ विन्दुमा पुगेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १०।९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४।६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३।७४ अंकले बढेको छ । यस भन्दा पहिले गत फागुन महिनाको १८ गते आईतबार ७५ अंकले बढेको बजार त्यसपछि सुस्ताएको थियो ।

आज नेप्से सँगै कारोबार रकम पनि बढेको छ । दिन २४५ कम्पनीको दुई करोड ७२ लाख ४५ हजार ४५९ कित्ता शेयर १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । मंगलबारको बजारमा ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।

यस दिन झण्डै आधा दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनी र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । त्यस्तै, पिपुल्स हाईड्रोपावर कम्पनी र जानकी फाइनान्सको शेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ ।

कारोबारमा आएका कम्पनीहरु मध्येमा सबै भन्दा धेरै मूल्य घट्नेमा न्यादी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको शेयर मूल्य ४।४३ प्रतिशतले घटेको हो ।

कारोबार रकमका आधारमा यस दिन सानिमा माई हाईड्रो पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५९ करोड २० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ५४ करोड ७९ लाख भन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको ४३ करोड ११ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेका छन् । यस दिन फाइनान्स समूह सर्वाधिक बढेको छ । यस समूह ५।४७ प्रतिशतले बढेको छ। त्यसैगरी, हाईड्रोपावर समूहको सूचक ३।१३ प्रतिशतले बढेको हो । बैंकिङ, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, जीवन बीमा, माईक्रोफाइनान्स र अन्य उप सूचक २ प्रतिशत भन्दा बढीले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्