वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं, २३ वैशाख । वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।

उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए । स्वास्थ्यमा समस्या आएपछि उनी राजनीतिमा निष्क्रिय थिए ।

केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो ।

उनी पूर्व सूचना तथा संचार र शिक्षामन्त्री पनि भएका थिए् । त्यस्तै, उनी साहित्यिक क्षेत्रमा पनि त्यतिकै सक्रिय रहेका नेपाल नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।

प्रतिक्रिया दिनुहोस्