भक्तपुरमा ट्रकको ठक्करबाट साइकलयात्री गम्भिर घाइते

काठमाडौं,२३ वैशाख । मंगलबार बिहान पौने ५ बजेतिर मध्यपुरठिमी नगरपालिका-१ लोकन्थलीस्थित कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ट्रकले ठक्कर दिँदा साइकलयात्री गम्भिर घाइते भएका हुन्।

ना ६ ख ४३८० नम्बरको ट्रकले लोकन्थली पुरानो हेल्थ पोस्टबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट अर्घाखाँची पाँणेनी गाउँपालिका-१ घर भई कोटेश्वर बस्ने ४५ वर्षीय शेषकान्त पोखरेल गम्भीर घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

घाइते पोखरेलको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । पोखरेलको टाउको पछाडिको भाग फुटेको र छातीमा भित्री चोट लागेको भक्तपुर प्रहरी परिसरका डिएसपी न्यौपानेले बताए ।

दुर्घटनापछि फरार रहेका चालकलाई पक्रन भने प्रहरीले सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्