मिथिला लघुवित्तको तेस्रो त्रैमाससमा नाफा बढ्यो

काठमाडौं,२३ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससमा मिथिला लघुवित्तले ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ७७.१४ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले ३ करोड ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा पनि वृद्धि भएको हो । कम्पनीको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशतले बढेर १३ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा मिथिलाले ९ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसको सञ्चालन नाफा ११५.०२ प्रतिशतले बढेर ७ करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले ३ करोड ५३ लाख रुपैयाँ सञ्चालन नाफा गरेका थियो । यसको खराब कर्जा भने बढेर ३.९० प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ ।

मिथिला लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख रुपैयाँ र जगेडा कोषमा १९ करोड ८२ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ २२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १९६.९८ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्