हिमालयन रि इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
काठमाडौं, २३ बैशाख । हिमालयन रि इन्स्योरेन्सले गत आ.व. को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ४.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्