दुई ठुला पाटीको ओली सरकार देशको लागि बोझ भइसक्यो, विकल्प नखोजे दुर्घटना भोग्नपर्ने चेतावनीः माधव नेपाल

काठमाडौं, २२ बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा हेर्दा सरकार उद्देश्यविहीन रहेको प्रष्ट देखिएको बताएका छन्।

संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले विगतका राम्रा कुरालाई पनि छाडेको भन्दै असन्तुष्टि जनाए।

उनले भने, ‘यो सरकार गतिहीन बन्यो। त्यसैले यसको विकल्प खोज्नुपर्छ। तर विकल्प खोजेर पार लाग्दैन। दुइटा ठूला पार्टी मिलेसम्म सरकार कसैलाई हल्लाउन सक्दैन।’

उनले सरकारले जनतामा आशा जगाउन र देशको समस्या समाधान गर्न नसकेको आरोप लगाए। जबसम्म जनतालाई डेलिभरी दिने र आशा र भरोसा जगाउन सकिदैन तबसम्म सरकार जहिले पनि विस्पोट हुनसक्छ र त्यसले देशलाई समेत असर गर्ने बताए । उनले थपे, ‘यो सरकार मुलुकको निम्ति अति बोझ बनेको छ। यो बोझबाट कहिले मुक्ति पाउने हो भन्ने कुरामा जनताको ध्यान छ।’ सरकार काम गर्न भन्दा बढी उखान तुक्का हान्ने, छेड हान्ने र कामभन्दा बढी नचाहिने कुरा गर्ने गरेको बताए । जनता आजित भैसकेका छन यो सरकार र विशेषगरी प्रधानमन्त्री ओली हरेक कुरालाई हल्का रुपले लिने र उडाउने गर्छन र त्यति मात्र होइन अहिलेको विेशष परिस्थितिमा देशलाई सही मार्ग दिनुपर्ने बेलामा देशको समस्यामा कहिले पनि सिरिएर नभई हासि मजाकमै रमाएको आरोप लगाए ।

राष्ट्र बैंकमा एउटा गर्भनर समेत नियुक्त गर्न नसकेको र राष्ट्र बैकलाई गर्भनरविहिन बनाएर खाली सत्ताको चास्निमा मात्र डुबेको बताए। हामीले सरकार ढाल्ने गर्नुपर्दैन सरकार आफै बेकम्मा र लाचार भएर सत्तामा बसिरहेको छ । उनले आफूहरूले सरकार ढाल्न देउवालाई फकाउनुपर्ने कुनै आवश्यकता नै नभएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्