नागढुंगा–नौविसे सडकखण्डः नागढुंगा–पिपलामोड सडक आजदेखि चार घण्टा बन्द

काठमाडौं, २२ बैशाख । निर्माण कार्यलाइ मध्यनजर गर्द नागढुंगा–नौविसे सडकखण्डअन्तर्गत नागढुंगा–पिपलामोड सडक आज वैशाख २२ गतेदेखि १० दिनसम्म दैनिक चार घण्टा आंशिक बन्द हुने भएको छ ।

सडक मर्मतका लागि वैशाख २२ गतेदेखि ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने नागढुंगा मुग्लिङ सडक योजना (पूर्वी खण्डं) सूचना निकाली बन्द हुने जनाएको छ ।

सो समय अवधिमा काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई नागढुंगा चेकपोस्टमा रोकिने छ ।

यसैगरी नौविसेबाट काठमाडौंतर्फ आउने हलुका तथा भारी सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिनेछ ।

बिरामी बोकेका एम्बुलेन्स, प्रहरीका सवारीसाधन तथा दमकल भने आउजाउ गर्न पाउने छन् ।

वैकल्पिक मार्गको प्रयोग व्यवस्था: 

अरु यातायातका साधनमा सवार चालक तथा यात्रुहरुलाई समस्या नहोस् भन्नका लागि साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था पनि गरिएको छ ।

वैकल्पिक मार्गहरू यस्ता छन्–

१. सितापाइला–भीमढुंगा–रामकोट–धार्के सडकमार्ग

२. सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली ९बेत्रावती०–गल्छी सडकमार्ग

रोकिएका सवारी साधनहरुलाई बिहान ३ बजेपछि मात्रै गन्तव्यमा जान दिइने छ ।

प्रतिक्रिया दिनुहोस्