सातदोबाटो–हात्तीवन सडक खण्डमा कार दुर्घटना, तीन जना घाइते
काठमाडौं, २२ बैशाख । ललितपुरको सातदोबाटो–हात्तीवन सडक खण्डमा कार दुर्घटना भएको छ । हात्तीवन सडकको ओरालोमा गएराति बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किए कार दुर्घटना भएको हो । कारको ठक्करबाट बिजुलीको पोल भाँचिएरको र पोल सडाकोबिच सडकमा पुग्दमा बोटो अवरोध गरेको छ ।
दुर्घटनापछि यातायात आवागमन बन्द गरिएको छ । पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइतेलाई उपचारको लागि बीएण्डबी अस्पताल पठाइएको छ ।
ल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो ।
ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरुसमेतको सहयोगमा पोल हटाउने प्रयास जारी छ ।
पूर्व ट्राफिक प्रहरीसमेत रहेका ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने, ‘मैले गाडी ठोक्किएर पोल ढलेको, बांगो भएको त देखेको छु तर सडक किनारमा गाडिएको पोल भाँचिएर बीच सडकमा पुगेको चाहिँ देखेको थिइँन ।’
मापसे गरी कार चलाउँदा दुर्घटना:
ललितपुर प्रहरीका अनुसार गएराति बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो । कारमा सवार तीन जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बीएण्डबी अस्पताल पठाइएको छ ।
प्रहरी स्रोतका अनुसार मापसे गरी सवारी चलाउँदा कार दुर्घटना भएको हो । कारको अगाडिको भाग क्षतिग्रस्त भएको देखिन्छ । दुर्घटनाको प्रकृति हेर्दा कार तीव्र गतिमा भएको अनुमान गर्न सकिन्छ ।कार दुर्घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्दै छ । कार दुर्घटनामा को को छन् भन्ने पहिचाल गर्न पनि बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्