प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेट, टिआरसी प्रक्रिया सकारात्मक

काठमाडौं, २१ बैशाख। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सकिएको छ । छलफल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले संक्रमणकालीन न्यायसम्बन्धी अधुरा कामहरू टुंग्याउने प्रक्रिया सकारात्मक रुपमा अघि बढाएको बताएका छन् ।

आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच यही विषयमा छलफल भएको थियो ।

उक्त छलफलमा उपमहासचिव पुन पनि सहभागी थिए ।

बैठक सकिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पुनले प्रक्रियालाई सकारात्मक रुपले अघि बढेको पाइएको बताए ।

‘यो प्रक्रियालाई सकारात्मक रुपले अघि बढेको पायौं । खासगरी यो कहाँ पुगेको छ भन्ने विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जानकारी दिनुभयो,’ पुनले भने ।

संक्रमणकालीन न्यासम्बन्धी दुई आयोगका पदाधिकारीको सर्टलिस्ट बाहिरिएपछि राखिएका सरोकारका विषयमा पनि ओली–प्रचण्डबीच छलफल भएको उनले बताए ।

‘सर्टलिस्ट बाहिर आएपछि केही सरोकारवालाहरूले प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवासँग राख्नुभएको रहेछ । भोलि नै प्रचण्डसँग समय लिनुभएको छ । निश्चय नै उहाँहरूको सरोकार राखेपछि प्रकिया सकारात्मक रुपले नै अघि बढेको हामीले पायौं,’ पुनले भने ।

प्रतिक्रिया दिनुहोस्