कांग्रेस र एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले दिउँसो एक बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुनेछ ।

यस्तै सत्ता नेतृत्व गरेको नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने छ ।

प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा नीति तथा कार्यक्रम लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्