सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई प्रोत्साहन गर्ने

काठमाडौं,१९ वैशाख । सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई प्रोत्साहन गर्ने भएको छ । यो कार्यक्रम व्यवहारिक शिक्षामा आधारित भएकोले अगाडि बढाउनु पर्नेमा सरकारले जोड दिने भएको हो ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत पढाउँदै कमाउँदै कार्यक्रमलाई प्रोत्साहन गर्न हप्तामा न्यूनतम २० घण्टा कामको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्ने नीति अघि सारेको हो ।

स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्न प्रयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विद्यार्थीहरूलाई विभिन्न अनुसन्धान संस्थासँग जोडिने र बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी पढ्दै कमाउँदै कार्यक्रममा प्रोत्साहन गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।

त्यस्तै सरकारले उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने नीति अघि सारेको छ । साथै, प्राविधिक शिक्षालाई विश्वविद्यालयसम्म पुर्‍याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्