नुवाकोटका स्थानीयद्वारा काठमाडौं महानगरको फोहोर बोक्ने २०० ट्रकलाई रोक
काठमाडौं, १९ बैशाख । फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएको काठमाडौं महानगरपालिकाको ट्रक नुवाकोटका स्थानीयले रोकिदिएका छन् ।
फोहोर बोकेर गएका करिब २ सय गाडी स्थानीयले सडकमा ढुंगामुढा राखेर ककनी गाउँपालिका(१ मा रोकिदिएका हुन् ।
बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको उनीहरूको आरोप छ ।
‘हाम्रो फोहोर बोकेर जाने सबै गाडी रोकिएको छ । अहिले हामी वार्ता गर्दैछौं, दैनिक २ सय ट्रक फोहोर बञ्चरेडाँडा जाने गर्दछ,’ महानगरका वातावारण विभाग प्रमुख सरिता राईले अनलाइनखबरसँग भनिन् ।
प्रतिक्रिया दिनुहोस्