नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
काठमाडौं, १९ बैशाख । पछिल्लो राजनीतिक अवस्था र नीति तथा कार्यक्रम विषयमा छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो एक बजे संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्