प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

काठमाडौं,१९ वैशाख । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको वैशाख १७ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश छन्। ।

कम्पनीले प्रस्तावित गरेको लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्