नेरुडे मिर्मिरे लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

काठमाडौं,१९ वैशाख । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व. को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रयमाससम्ममा लघुवित्तले ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०।८० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेको भए पनि खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेपछि लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५८.८२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३२।९९ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४२.२९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७०.८१ प्रतिशत घटेको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ८.८३ प्रतिशतबाट बढेर १४.८१ प्रतिशत पुगेको छ । जसका कारण लघुवित्तको इम्पेरमेन्ट चार्ज पनि १५ करोड ७० लाख रुपैयाँबाट बढेर ३२ करोड ९६ लाख रुपैयाँ पुगेको छ । जसका कारण लघुवित्तको खुद नाफा र सञ्चालन मुनाफा दुबै घट्न पुगेको हो ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २७ रुपैयाँ २९ पैसा घटेर ५ रुपैयाँ ५२ पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११८.८६ गुणा रहेको छ ।

१ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब २९ करोड ५१ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले तेस्रो त्रैमासको अन्त्यसम्ममा १७ अर्ब ४४ करोड ९६ लाख रुपैयाँ कर्जा तथा सापटीबाट २० अर्ब १८ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्