नेको इन्स्योरेन्सले डाक्यो २९ औँ वार्षिक साधारणसभा

काठमाडौं,१९ वैशाख । नेको इन्स्योरेन्सले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारणसभा आउँदो जेठ ९ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ७.३६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६ प्रतिशत नगद लाभांश छन्।

सभाले प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने, बोनस शेयर वितरणपछि जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ ।

लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ वैशाख ३० गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्