शिक्षक कर्मचारीले आजै पुनः आन्दोलन घोषणा गर्ने
काठमाडौं,१८ वैशाख । विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो ।
सरकारसँग भएको सहमतिबारे जानकारी गराउन आयोजित कार्यक्रममा विद्यालय शिक्षक कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले सो जानकारी दिए ।
उनले भने, ‘हामी आजै साँझ ७ बजे आन्दोलनका थप कार्यक्रम घोषणा गर्छौं,’ महासंघले हामीसँग भएको सहमति विपरित सरकारसँग सम्झौता गर्यो । यसमा हाम्रो सहमति छैन ।
सरकारसँगको सहमतिबारे असन्तुष्टि राख्दै विद्यालय कर्मचारीले विरोध जनाएका थिए । लगत्तै बसेको परिषद्को बैठकले पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्