चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो, लगातार दोस्रो पटक स्थान बनाउन असफल
काठमाडौं,१८ वैशाख । चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ ।
महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो । चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ ।
श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० औं खेलमा यो आठौं हार हो ।
चेन्नईले दिएको १ सय ९१ रनको लक्ष्य पञ्जाबले १९।४ ओभरमा ६ विकेटको नोक्सानीमा मा पूरा गर्यो । पञ्जाबको जितमा कप्तान श्रेयस र ओपनर प्रभसिमरन सिंहले अर्धशतक बनाए ।
श्रेयसले सर्वाधिक ७२ रन बनाए भने प्रभसिमरनले ५४ रन जोडे । ओपनर प्रियान्श आर्या र शशांक सिंहले समान २३ रन बनाए ।
चेन्नईका मथिसा पथिराना र खलिल अहमदले समान २ तथा नूर अहमद र रविन्द्र जडेजाले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पन्जाबले फिल्डिङ रोज्यो । चेन्नईले १९।२ ओभरमा १ सय ९० रनमा अल आउन भयो ।
४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो ।
चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने कोसिस गरे। डिवाल्ड ३२ रनमा आउट भए ।
सामले विष्फोटक ब्याटिङ गरे। ४७ बल खेल्दै ९ चौका र ४ छकका सहित ८८ रन बनाए। साम र डिवाल्ड बाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्। ।
रविन्द्र जडेजाले १७ रन तथा शेख रसिद र महेन्द्र सिंह धोनीले समान ११ रन बटुले। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। ।
बलिङमा युज्बेन्द्र चाहालले ३ ओभरमा ३२ रन दिएर ४ विकेट लिए । उनले आफ्नो अन्तिम ओभरमा ह्याट्रिक पूरा गरे । अर्शदीप सिंह र मार्को जानसेनले समसन २ विकेट लिए ।
१३ अंकसहित पन्जाब दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई ४ अंकका साथ तालिकाको पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस्