सरकारसँगको सहमतिबाट शिक्षक असन्तुष्ट, सहमति उधारो भएको महासंघको ठहर

काठमाडौं,१८ वैशाख । सरकार र शिक्षक महासंघबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । सहमति हाताहाती नभई उधारो भएको ठहर गरेको छ ।

देशभरबाट विद्यालयका शिक्षक कर्मचारीहरु हाताहाती ऐन भन्दै काठमाडौं आएका थिए । तर धेरै लामो आन्दोलनपछि पनि ऐन बिना नै सहमति भएपछि शिक्षकहरूले महासंघको विरोध जनाएका हुन् ।

यसैक्रममा नेपाल विद्यालय कर्मचारी परिषद्ले विज्ञप्ति नै निकालेर सहमतिको विरोध जनाएको छ ।

‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ,’ जारी सो विज्ञप्तिमा भनिएको छ ।

गत महिनाको २० चैतदेखि काठमाडौंमा चलेको शिक्षक आन्दोलन हिजोको सहमतिपछि टुंगिएको छ ।

प्रतिक्रिया दिनुहोस्