प्रभु महालक्ष्मी लाइफको ७ लाख ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं,१८ वैशाख । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ लाख ३८ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ ।
कम्पनीको संस्थापक समूहको ७ लाख ३८ हजार ५०० कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
कम्पनीका अनुसार शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ । इच्छुक संस्थापक शेयरधनीले उक्त अवधिभित्र कम्पनीको काठमाडौं कमलादीस्थित केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ ।
३५ दिनभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा कानुनबमोजिम भइजाने कम्पनीले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्